About

पृष्ठभुमि
माता पिता नै इश्वरका साक्षात् रूप हुन् । जीवनका प्रमुख आधार पनि हुन् । तिनलाइ खुसी तुल्याउनु इश्वरलाइ खुसी तुल्याउनु हो र आत्मालाइ तुप्त पार्नु पनि हो । मानिस कालान्तरमा उमेर सकिँदै जाँदा यौवनका उत्साह र जाँगर मरेर निरूत्साहित र उदासिन बन्न पुग्दछन् । यस्तो अवस्थामा उमेरको अन्तिम क्षणको यात्रा गरिरहेका बृद्धबृद्धाहरूलाइ सेवा पुर्याउनु, उनीहरूको दुःखलाइ कम गर्नु, सम्मान र आदर गर्नु हामी सबैको दायित्व हो । अथवा यसका अतिरिक्त समाजमा कतिपय मानिसहरू उमेर छँदै विभिन्न कारणले दीर्घरोगी बनेर अथवा असक्त बने उपेक्षित जीवन बाँच्न विवस भएका हुन्छन् । यसरी उमेर छँदै असाहय बनेका व्यक्तिहरूलाइ सम्मान, सहयोग र उचित सेवा पुर्याउन पनि हाम्रो मानवीय कर्तव्य हुन जान्छ । यो दायित्व पुरा गर्नु भनेकै इश्वरीय पुजा र धर्म समान हो ।
      यही पुनीत कार्यलाइ मनन गरी नाफा रहित सेवा मुलक संस्थाका रूपमा हाललाइ दुधपाटी भक्तपुर बहुमुखी क्याम्पस गेट निरै ‘‘करूणा आश्रम’’ को स्थापना गरी २०६६–०३–०४ देखि कुनै जाति, लिङ्ग, वर्ण, धर्मका आधारमा भेदभाव नगरिकन अहोरात्र बृद्धबृद्धा तथा असहायहरूलाइ सेवा पुर्याउने उदेश्य राखिएको यहाँहरू सामु सहर्ष जानकारीका निम्ति अनुरोध छ ।

विद्यमान परिस्थितिमा जेष्ठ नागरिक तथा आश्रम विहिन हुन पुगेकाहरूको अवस्थाः

  1. आफू उमेरले बृद्ध भएर पनि समाजका लागि केही योगदान पुर्याउनका लागि परेकाहरू ।
  2. आफूमा लागेका रोगको समयमा उपचार नपाइ झन झन रोगले ग्रसित हुँदै गइरहेकाहरू ।
  3. परिवारबाट र समाजबाट अपहेलित जीवन बिताइरहेकाहरू ।
  4. नैराश्यता र बैराग्य बोधको कारण पारिवारिक बन्धनबाट मुक्त हुन चाहेकाहरू ।
  5. दैवी वा प्राकृतिक दुर्घटनाबाट विपत्तिमा परेकाहरू ।
  6. सम्पतिका लागि मात्र आफन्तहरूबाट देखावटी माया पाइरहेकाहरू ।
  7. आर्थिक विपन्नताबाट जीवन गुजारिरहेकाहरू ।
  8. समकक्षी साथीसंगिका खोजीमा लागि परेकाहरू ।
  9. बासस्थानका अभावले र दैनिक गृहकार्य सम्पादन गर्न नसकि बाहिरिएकाहरू ।
  10. हेरचाहकै अभावका कारण अनेकौं दुःख कष्ट भोग्दै एक्लो जीवन बिताइरहेकाहरू ।
  11. निसन्तान एवं सन्तान विहिन भइ पारिवारिक सेवा नपाएकाहरू ।
जूनसुकै उमेरमा कूनै दिर्घरोग तथा अन्य कारणबाट असहाय बनेकाहरू ।
 

 

Our Aashram
   

 

Featured Content Slider
temp
temp
temp
temp
temp
temp
temp-thumb
temp-thumb
temp-thumb
temp-thumb
temp-thumb
temp-thumb